उपसभामुखको यात्रातिर ‘कर्मआमा’ इन्दिरा राना मगर

साझा कथा,

कर्मआमाले परिचित इन्दिरा राना मगर अन्ततः उपसभामुख हुने भएकी छिन् । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनी उपसभामुख हुने पक्कपक्की भएकी हुन् । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको थियो । भोली शनिवार हुने उपसभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । हिजो मात्रै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेकी इन्दिरा कैद भुक्तान गरिरहेका आमासँगै कारगार पुगेका बालबालिकाहरुलाई आफ्नो आश्रयमा हुर्काउने गर्थिन् । उनी २२ वर्ष अघि स्थापना भएको बन्दी सहायता नेपालकी संस्थापक हुन् । अहिले पनि उनकै आश्रयमा करीब ५ सय बालबालिका रहेका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?