माघ २८ प्रधानसेनापति खुल्ला म्याराथन प्रतियोगिता हुने

साझा कथा,
नेपाली सेनाले महाशिवरात्री र सेना दिवसको अवसरमा आठौं संस्करणको प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता  माघ २८ गते गर्ने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले पत्रकार सम्मेलन मार्फत म्याराथन प्रतियोगिता गर्ने जानकारी दिएको हो ।

प्रतियोगितामा खुल्ला पुरुषतर्फ मात्र म्याराथन आयोजना हुनेछ भने हाफ म्याराथनमा महिला/पुरुष दुवै विधा समावेश गरिएको छ । यस्तै प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ । म्याराथनको प्रथमविजेताले तीन लाख पुरस्कार, दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले १ लाख र चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्ने सबैले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागिता हुन निःशुल्क तर्दा फराम भर्न पाइनेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?