संसद बैठक चलिरहँदा हत्या अभियोग लागेका सांसद कोइरीलाई पक्राउ गर्न माग

साझा कथा । सभामुख चयनका लागि आज प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकको दौरान विशेष समय लिएर काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री र सरकारलाई चूनौति दिएका छन् । हत्या अभियोग लागेका सांसद पनि यहि संसदभित्र रहेको जानकारी आफूले पाएको भन्दै खतिवडाले ती सांसदलाई कारबाही गर्न माग गरे ।

हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । गृहमन्त्री रवि लामिछानेले यसअघि नै उनलाई पक्राउ गर्न निर्देशन दिइसकेको बताएका थिए । संसदको अघिल्लो बैठकपछि गृहमन्त्री लामिछानेले कोइरीलाई आफूले नदेखेको र प्रहरी महानिरीक्षकलाई निर्देशन दिएर उनलाई पक्राउ गर्न भनिसकेको दाबी गरेका थिए ।

जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् । संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् । सपथग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन् ।

मधेश आन्दोलनको समयमा लखेटी(लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ ।
बारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेललाई पराजित गर्दै विजयी बनेका हुन् ।

निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझेका महतो प्रहरीको आँखा छल्दै सपथग्रहण लिनसमेत सफल भए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी हेडक्वाटरले कांग्रेसबाट निर्वाचित संसद टेकबहादुर गुरुङ्ग र महतोलाई संसदीय गतिविधिमा सग्लन नगराउन पत्राचार गरे पनि कोइरीलाई भने निरन्तर सग्लन गराउँदै आइएको छ ।

केही समयअघि कोइरीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको तस्बिर सार्वजनिक भएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?