युक्रेनमा हेलिकोप्टर दुर्घटना – गृहमन्त्रीसहित १८ जनाको मृत्यु

साझा कथा । युक्रेनको राजधानी किएभमा हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यहाँका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको एउटा भिडियोमा किएभको एउटा स्थानमा आगो लागेको देखिन्छ भने मानिसहरु रुवाबासी गरेको आवाज पनि सुनिन्छ । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् ।

दुर्घटनामा परि युक्रेनका गृहमन्त्री डेनिस मोनास्ट्रास्के सहित गृहमन्त्रालयका कैयौँ उच्च अधिकारीको मृत्यु भएको छ ।

दुर्घटना के कसरी भयो भन्नेबारे जानकारी प्राप्त नभएको प्रहरी प्रमुख इगोर क्लेइमन्कोले बताएका छन् । ४२ वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई वर्षअघि गृहमन्त्रीमा नियुक्त भएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?