पोखरा विमान दुर्घटनाः शव पहिचान नभएकाहरुको डिएनए परीक्षण हुने

साझा कथा । पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव बुधबार विहानदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ ।

मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि बुधबार बिहानैदेखि शव परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ । कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको यति एअरलाइन्सको विमान माघ १ गते दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सदस्यसहित ६८ जना यात्रुको निधन भएको थियो । ७१ जनाको शव भेटिएको र एक व्यक्ति अझै बेपत्ता रहेकाले खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?