बाल विवाहकाे असर : घरेलु हिंसादेखि सम्बन्ध विच्छेदसम्म

कमलादेवी गाैतम/ साझाकथा

अधिकारकर्मी प्रभाकुमारी रावत इन्सेकका सुर्खेत जिल्ला प्रतिनिधि हुन् । उनले धेरै सानै उमेरमा गरिएको विवाहले पारेकाे सामाजिक समस्या बारे जिल्लाभरका आवाज उठाइन् ।

मलिन अनुहार, सामान्य पोशाक, पछ्यौरीले छोपिएको उनको टाउको । अदालत बाहिरको चौरमा उभिएकी । उनको ध्यान जिल्ला अदालतको झ्यालमा केन्द्रित थियो । दायँबायाँ मानिसहरूको ठूलो हुल थियो तर त्यो हुलभित्र सुर्खेतको बराहताल गाउँपालिका–६ विउरेनिकी धनकुमारी विक एक्लै थिइन् । धेरै बालबिबाहहरू  सम्बन्ध विच्छेदसम्म पुगेका छन् ।

सरकारले नीतिगत रूपमा बालबिबाह अन्त्यका लागि कानून निर्माण गरेर लागेपनि ब्यसकाे व्यवहारिक कार्यन्वयन हुन सकेन । लुम्बिनी प्रदेशकाे रणनीति ०७८ पनि बनेकाे छ । तर पनि बालबिबाह राेकिएकाे छैन ।

सहज जीवन जिउन मागगर्दै उनी जिल्ला अदालत सुर्खेतमा न्याय पुगिन । अदालतमा उहाँले पतिसँग सम्बन्ध विच्छेद गरीपाउँ भनि जाहेरी दिनु भएको रहेछ । जहाँ घर त्यहाँ भर भनिन्छ । त्यही घरबाट उनी पीडित भएर घरबारविहीन बन्न पुगिन् । घरमा पतिको जति विश्वास अरु कसैको हुँदैन, त्यहीबाट कल्पना गर्न नसक्ने घात उनको पति रविन्द्र विकबाट पटक पटक हुँदै आएको उनले गुनासो गरिन् ।

उमेर सानै थियो, के सही के गलत त्यती राम्रोसँग छुट्याउन सक्ने अवस्था थिएन् । अन्जानमा १५ वर्षकै उमेरमा विवाह भयो । नत उहाँसँग प्रेम नै थियो नत परिवारको जवरजस्ती नै थियो । पतिको जवरजस्ती बोकेर धनकुमारीको विवाह भयो ।

सुरुमा त सम्बन्ध राम्रै थियो । घर माइत गरि राख्नथिइन् धनकुमारी । यसैक्रममा १६ वर्षको उमेरमा उनले जेठो छोरालाई जन्मदिइन् ।

जब जेठो छोरो सन्दिप विकको जन्म भयो । त्यसपछि उहाँका कहालीलाग्दा दिन सुरु भए । सुत्केरी शरीर पतिले मदिरा सेवनन गरेको दिन हुन्थेन् । दिनहुँ जसो मदिरा खाएर कुटन् थाले धनकुमारीका पति रविन्द्र विकले । धनकुमारी मरणासन्न हुने गरी कुटिन्थिइन् ।

तर पनि जीवन साथी हो भन्ने कुरा भुल्न सक्नु भएन् । र पतिकै साथमा बसिरहुनु भयो । यसै क्रममा जेठो छोरा जन्मिएको डेढ वर्षपछि माइलो छोरा गोविन्दको जन्म भयो । तर उनका पतिले धनकुमारीलाई कुटपिट भने गर्न छाडेनन् ।

सुख दु:ख चलेकै थियो धनकुमारीको पुनः डेढ वर्षको फरकमा साइलो छोरा अमृतको जन्मभयो । यो पटकबाट धनकुमारीले मात्र होइन् उहाँका तीन छोराले समेत बाबुको कुटाइ खान थाले । घरबाट निकाल्नलाई धेरै प्रयास गरे धनकुमारीका पति रविन्द्र वीकले तर धनकुमारीले घर छोड्न मानिनन् ।

कहाँ जाने ?, जाने ठाउँ छैन, ‘उनले भने , मारे पनि यही घरमा मर्छु भन्ने लागेर घर छोड्न सकिन ।’ यसरी नै दिनवित्दै थिए साइलो छोरा जन्मिएको पाँच वर्षपछि फेरी धनकुमारीको काइलो छोरा सन्तोषको जन्म भयो । अझ पनि उनका पति रविन्द्र विकले धनकुमारी माथि कुटपिट गर्न छाडेनन् । तर पनि धनकुमारीले हिक्मत हारिनन् ।  छोराहरूको भविष्यको चिन्ताले पनि ती पिडा सहजै स्वीकार गर्दै आउन बाध्य भइन् ।

जेनतेन गरेर घरव्यवहार धान्दै आउनु भएकी धनकुमारीले गाउँ नजिकैको सामुदायिक विद्यालयमा छोराहरूलाई भर्ना पनि गर्नु भएको थियो । संस्थाबाट ऋण लिएर १५/२० ओटा बाख्रा र कुखुरा पनि पाल्दै आएकी थिइन् ।

त्यहीबाट आएको जेनतेन पैसाले छोराहरूको पढाइ लेखाइ र घरखर्च जुटाउँदै आएकी थिइन् । यसै क्रममा काइलो छोरा २ वर्षको हुँदा फेरी कान्छो छोरा सुमनको जन्मभयो । तर पनि धनकुमारीका सुखका दिन भने फिर्न सकेनन् ।

उन माथि हुने शारीरिक हिंसा मात्र होइन् । यौन हिंसा समेत भोग्न बाध्य हुनुभएको थियो । दिनहुँ जसो मदिरा सेवन गरी राती १२/१ बजे घर आउने पतिको दैनिकी नै थियो भने धनकुमारीले दिनहुँ शारिरिक यातना तथा यौन यातना भोग्ने क्रम जारी नै थियो ।

कयौँ पटक मरेर बाँचेको उनी सुनाउछन् ।  पटक पटक म माथि ज्यान मार्ने प्रयास भयो, तर पनि म बाच्न सफल भए, ‘उनी बताउछन् । ’ तर मेरा छोराहरू माथि भएको पटक पटकको आक्रमण सहन गाह्रो भयो ।

सानोतिना पीडा दिनहुँ जसो भइरहेका नै थिए । धन कुमारीको शरिर माथि । २०७९ वैशाख २५ गते राती उनको शरिर माथि सब्बल प्रहार भयो । उनी बेहोस भइन् । अस्पतालसम्म पु¥याउने आफ्नो मान्छे थिएन् । छमेकी दिदी वहिनीको सहयोगमा बिहान होस खुलेको उनी बताउछिन् ।

यो हिंसामा धनकुमारी मात्र होइन् उनका पाँच ओटै छोरा पनि पीडित भएका छन् । जेठो छोरालाई जन्मिएदेखि नै पटक पटक यातना दिदै आए । धनकुमारीका पति रविन्द्र विक । बाबुले नै हानेर माइलो छोराको मेरुदण्ड बाङ्गिएको छ । गाह्रो काम गर्न सक्ने अवस्था छैन् । साइलो छोराको हातको औला काटि दिएका छन् ।

अन्य दुईओटा छोराको बाहिर देखिने घाउ भने छैन् तर पटक पटक यातना भने खेप्न बाध्य भए । पतिले पटक पटक घर निकाल्ने प्रयास गर्दै आएको धनकुमारीको भनाई छ ।

सँगै जिवनजिउने बाचा गरी घर भित्र्याएको पतिले मृत्युको बाटो देखाउने बाहेक अरु प्रयास धनकुमारीको जिवनमा भएन् । त्यसपछि उनले विकल्पको बाटो खोज्न थाल्नु भयो । छिमेकी दिदीवहिनीको सहयोगमा उहाँ सामाजिक संघ सस्थाको सहयोग माग्न वीरेन्द्रनगर आइपुगिन् ।  त्यहीबाट सुरु भयो धनकुमारीको न्यायिक प्रक्रियाको बाटो ।

उन भन्छन् । म मेरो छोराहरूसँग छुट्टै बसेर मेरो दैनिकी गुजार्ने प्रयास गर्छु, ‘मलाई न्याय चाहिएको छ, म बाच्नु छ, मेरो छोराहरूलाई टुहुरा भएको देख्न सक्दिन म ।’

धनकुमारीसँग अहिले चारवटा छोरा छन् । उनी  वीरेन्द्रनगर नगरपालिका–४ मा कोठा भाडामा बस्दै आइन् । जेठो छोरा गाउँमा नै बाबुसँग बस्दै आएका छन् । धनकुमारी अहिले मानसिक कमजोर मात्र होइन् पतिले दिएको यातनाका कारण उनी अशक्त्त भएका छन् । शरीरका कुनै पनि अंगले राम्रोसँग काम गरेर खान सक्ने अवस्था छैन् ।

धनकुमारी दैनिक ज्याला मजदुरी गर्न गइन् । तर शरीरले नसकेपछि केही दिनयता सहयोगको अपेक्षामा भौतारिनु भएको छ । साझँ बिहान के खाने ? आमा र चार छोरा सहित पाँच जनाको परिवारलाई के खुवाएर दिन कटाउने धौ धौ भएको छ ।

यता छोराहरूको पढाई लेखाइ पूर्ण रुपमा बन्द भएको छ । साझँ बिहानको छाक टार्न समस्या भएको वेला कसरी छोरालाई पढाउने समस्या भएको धनकुमारीको भनाई छ ।

इन्सेकका जुम्ला जिल्ला प्रतिनिधी मानदत्त रावलले पनि धेरै बालबिबाह बिरूद्ध लेख्ने र आवाज उठाउने काम गरे ।

जुम्तालाकै तोपानी गाउँपालिका–८ डोंग्रीकी परिवर्तित नाम कको २० वर्षको उमेरमा सम्बन्ध विच्छेद भयो । एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नपा–१० का आफूसँगै पढ्ने केटासँग उनले विवाह गरिन् । तर, उनको वैवाहिक सम्बन्धले पाँच वर्ष पनि पार गर्न पाएन । मुलुकी अपराध संहिताले विवाह गर्न गराउन अनुमति दिएको २० वर्षे उमेरमा पुग्दासम्म त उनको सम्बन्ध विच्छेद नै भइसकेको थियो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का अनुसार, २० वर्षभन्दा कम उमेरमा हुने विवाहले गरिबी, बालिका बेचबिखन तथा ओसारपसारका घटना वृद्धि भएका छन् । सम्बन्ध विच्छेदका घटनामा वृद्धि हुनु र महिला हिंसाका घटना बर्सेनि थपिनुलाई पनि बालविवाहको नकारात्मक परिणामको रूपमा लिइएको छ ।

कानुनले रोक्दा रोक्दै पनि बालविवाह भइरहनाका धेरै कारण छन् । कर्णालीको सन्दर्भमा जुम्लामा रही महिला अधिकारका क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी पत्रकार दिलमाया शाहीका अनुसार घरमा काम गर्ने मान्छेको सङ्ख्या बढाउन पनि अभिभावकहरूले छोराको विवाह कमै उमेरमा गर्ने र त्यसका लागि विवाह योग्य उमेर नै नपुगेकी बुहारी भित्र्याउने गर्दछन् ।

अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी नहुँदा पनि बालविवाहले उग्र रूप लिएको हाे । अहिले पनि केही जिल्लामा बालबिबाह कम हुन नसकेकाेले स्थानीय सरकारले सचेतना मुलक कार्यक्रम गर्नुपर्ने देखिन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?