मह एक फाइदा अनेक

साझाकथा संवाददाता

काठमाडाै, पुस २४

मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्या वस्तु हो । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोगको औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।

हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ । त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ ।

शुद्ध मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन ।

खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको हुन्छ । सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ । आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।

कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठिक हुँदै जान्छ ।  दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।

शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ ।  जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईँलाई रक्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ ।

सबैभन्दा महँगो मह भिरमौरीको हो । जुन प्रतिकेजी दुई हजार ५०० देखि तीन हजारमा र केरेनाको ७०० देखि एक हजार र मेलिफेराको ४०० देखि ५०० सम्म बिक्री हुँदै आएको छ ।

विश्वमा सबैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरिका, भारत र चीन पर्छन् । नेपालमा हाल प्रतिवर्ष दुई हजार ५० मेट्रिक टन मह उत्पादन हुन्छ ।

नेपालीको औसत प्रतिव्यक्ति ५० ग्राम मह खाने आदत छ । यद्यपि प्रत्येक नेपालीले दैनिक ७५ ग्राम मह खाने हो भने हाल उत्पादन भइरहेको महले धान्न सक्दैन ।

महलाई शक्तिवर्धक र रोग निरोधक क्षमता भएको मानिन्छ । प्राचीनकाल देखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन ।

यसै कारण हाम्रो समाजमा महलाइ पोलेको/काटेको शारीरिक अंग र घाउमा समेत दल्ने गरिन्छ । महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्धीमा मदत पुग्छ । यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ ।

  • दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ ।
  • उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।
  • रक्त शुद्धीकरण गर्नलाई पनि मह प्रभावकारी मानिन्छ ।
  • यसको सेवनले पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमकआउँछ ।
  • महको नियमित सेवनले आन्द्रा र मृगौलासमेत स्वस्थै रहन्छन् ।
  • घाँटी खसखसाए, रुघाखोकी लागे मह मिसाएको चिया वा तातो कागतीपानी खाँदा प्रभावकारी हुन्छ ।

एउटा अध्ययन अनुसार, स्वास्नली संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ । यस्तै, सामान्य रुघाखोकीमा समेत मह प्रभावकारी पाइएको छ ।

एउटा दुर्लभ खाद्य विषाक्तता हुने सम्भावनाका कारण एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई मह दिनु हुँदैन ।

विभिन्न अनुसन्धानमूलक लेखहरूबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?