प्रथम तामाङ संस्कृतिक तथा कराते प्रतियोगिता हुने

साझाकथा संवाददाता

रसुवा,  पुस २२

‘संस्कृति तथा खेलकुदको प्रवर्द्ध गरौं, सुन्दर समुन्नत राष्ट्रको निर्माण गरौँ’ भन्ने मूल नाराका साथ रसुवामा प्रथम तामाङ संस्कृतिक तथा कराते प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।

नेपालको उत्तरतर्फ चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला रसुवामा तामाङ समुदायको बाहुल्यता रहेको छ ।

तामाङ समुदायको मौलिक परम्परा, कला, संस्कृति, पर्यटन क्षेत्रको विकास तथा खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सोनाम लोछारको अवसरमा  साे प्रतियोगिता आयोजना हुन लागेको रसुवा स्पार्ट एकेडेमीका अध्यक्ष विजय मोक्तानले बताए ।

प्रतियोगिता २०७९ माघ ७ र ८ गते कालिका गाउँपालिका- १ राम्चेस्थित खेलकुद मैदानमा हुनेछ । प्रथम तामाङ संस्कृतिक तथा कराँते प्रतियोगिताअन्तर्गत जिल्ला स्तरीय कराँते प्रतियोगिताामा पुरुष र महिला गरी विभिन्न विधामा हुने प्रतिस्पर्धामा करिब १६० खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ २० देखी ६० केजी तौल समूह र महिलातर्फ २० देखि ५५ केजी तौल समूहका खेलाडीले सहभागीता जनाउनेछन् । बिजेता समूहलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । राइजीङ स्टार महिला र पुरुष दुई जना र बेस्ट प्लेयर महिला र पुरुष दुई जनालाई ट्रफी र नगद ५ हजार प्रदान गरिनेछ ।

त्यसैगरि तामाङ सांस्कृतिक प्रतियोगितामा रसुवा जिल्ला भित्रका २७ वटै वडाहरूबाट एक/एक समूह गरी करीब २८० प्रतिस्पर्धी सहभागी हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागी समूहबाट प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगी समूहले रसुवामा प्रचलित विभिन्न वडाका तामाङ संस्कृति झल्किने पहिरन र भाषा प्रयोग, टुङना र विगुल अनिवार्य, एक समूहमा कम्तीमा ५ महिला र ५ पुरुष अनिवार्य र तामाङ चौतारी होई (वरवर होई, तामाङ दोहोरी ) अनिवार्य हुनुपर्ने मोक्तानले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?