जाडाेबाट कसरी बच्ने ? के खाने ?

साझाकथा संवाददाता

काठमाडाै, पुस २१

काठमाडाै उपत्यकालगायत देशैभरि जाडो बढ्दै गएको छ । जाडोबाट बच्न हामीले बाक्ला लुगा लगाउने, घाममा बस्ने, हिटर, आगो ताप्नेजस्ता उपाय अपनाउने गर्दछौँ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, बालबालिका र वृद्धवृद्धालाई यो मौसममा विभिन्न स्वास्थ्य समस्या धेरै समस्या गरेकाे छ ।

जबसम्म भित्रबाट शरीर तातो हुँदैन बाहिरी रूपमा जाडोबाट बच्न जस्ता उपाय अपनाए पनि न्यानो महसुस गर्न सकिँदैन ।

जबसम्म भित्रबाट शरीर तातो हुँदैन बाहिरी रूपमा जाडोबाट बच्न जस्ता उपाय अपनाए पनि न्यानो महसुस गर्न सकिँदैन । जाडोमा शरीर न्यानो बनाउन न्यानो कपडाका साथै खानाले महत्त्वपूर्ण भूमिका खेल्छ । जाडाेबाट बच्न खानपान र न्यानाे कपडामा ध्यान दिनुपर्छ । चिसाेले बिहान धेरै छिटाे नउठ्ने र बाहिर ननिस्कने

पोषणविद् प्रा.डा. उमा कोइरालाले यो मोसममा न्यानो भएर बस्न क्यालोरीयुक्त खानेकुरा खानामा जोड दिनुपर्ने बताउछन् ।

कस्ताे खाने  ?

जाडोमा–दाल, गेडागुडी, फलफूल तरकारी, माछा, मासु, अन्न (चिल्लो समावेश) भएका स्वास्थ्य र सन्तुलित खानेकुरा खान डा. कोइरालाको सुझाव छ । उनका अनुसार झोलिलो तातो सुप खानाले शरीरमा तातोपना दिनुका साथै शरीरमा शक्ति प्रदान गर्छ ।

उहाँका अनुसार, जाडोमा फाइबर, रेसायुक्त खानेकुराजस्तै सागपात, टुसा उमारेका गेडागुडी खान उपयुक्त हुन्छ । यस्ता खानेकुरामा फोलिक एसिड, भिटामिन ‘ए’, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषण तत्त्व पर्याप्त मात्र पाइन्छ ।

जाडोमा फाइबर, रेसायुक्त खानेकुराजस्तै सागपात, टुसा उमारेका गेडागुडी खान उपयुक्त हुन्छ ।

बालबालिका वृद्धवृद्धालाई  जाडोमा बढी प्रभावित हुने समूह भनेको बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस पर्छन् । यो समूह प्रायः घरमा नै बस्ने र शारीरिक कसरत पनि कम हुने हुँदा शरीर नतातेको गुनासो गर्ने गर्दछन् । यस्ता मानिस र न्यानो वातावरण बनाउनका साथै खानेकुरामा विशेष ध्यान दिन पोषणविद्हरूकाे सुझाव छ ।

डा.कोइरालाले जाडोमा यस्ता मानिसलाई न्यानो बनाएर राख्ने वातावरण बनाउनका साथै रेसादार तातो झोलिलो पदार्थ खुवाउन सुझाउनुहुन्छ ।दैनिक भान्सामा प्रयोगमा प्रयोग हुने मेथी, जिरा, ज्यानो लङ्, सुक्मेल मिसाए दाल, गेडागुडी, मासुको सुप बनाएर खुवाउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै शरीरमा तातोपन  दिने उनको सुझाव छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?