नेपाली टाेपी दिवस राेचक बन्दै

फाेटाे फिचर

साझाकथा संवाददाता

काठमाडाैं, पुस १७

‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । टाेपी दिवस २०१३ कै नोभेम्बर २६ मा फेसबुकमा पेज बनाएर हामी दुईले ‘आ-आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं’ भन्दै २०१४ जनवरी १ मा पहिलो अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन फेसबुक पेजबाट गरिएको आह्वान अहिले दश वर्षको भएको छ। त्यसैले नेपालीले दशाैंटोपी दिवसको मनाइरहेका छन् ।

टाेपी नेपालीकाे पहिचान र नेपाली संस्कृति हाे । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ रहेका थुप्रै जातीय टोपीहरूको पनि संरक्षण गर्नु पर्दछ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सोसल मिडियाको भरपुर सदुपयोग गरी नेपाली टोपीमा सजिएको आफ्नो फोटो सामाजिक सञ्जालहरूमा पाेष्ट्रयाउनेहरू धेरै हुन्छन् ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । प्राय: दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाका टोपीले नेपालीको पहिचान जनाउँछ ।

प्राचीनकालदेखि नेपालमण्डल उपत्यकामा ढाका टोपी घरेलु तानमा हातले बुनेको ‘धाका’ धागोबाट बनाइन्थ्यो। समयक्रममा नेवारहरू उपत्यका भन्दा बाहिर पुगेपछि ढाका टोपी पनि उनीहरूसँगै नेपालभर फैलिएको हो।

नेपाली टोपी भनेको ढाका टोपी मात्रै होइन। नेपालभरि लगाइने सबै प्रकारका टोपीहरू नेपाली टोपी नै हुन्। नेपालमा प्रयोग हुने विभिन्न प्रकारका टोपी जस्तै भादगाउँले टोपी, नेपाली टोपी, आदिकवि भानुभक्तले लगाउने बिर्के टोपी, मैथली आदिकवी विद्यापतिले लगाउने विद्यापति टोपीलगायत नेपालका विभिन्न जातजातिले प्रयोग गर्दै आएका टोपीहरू नेपाली टोपी नै हुन्।

केही वर्षदेखि स्वस्फूर्तरूपमा जागरुक युवा अभियान, नेपाललगायत विभिन्न समूह, संस्थाहरूले देश तथा विदेशमा नेपाली टोपी दिवसको प्रचारप्रसार सहित विविध कार्यक्रम सहित मनाएर यसलाई झनै व्यापक बनाइरहेका छन् ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?