कविता
देवीप्रसाद मिश्र
यात्रा हाे जीवनी सार राेकिँदैन निरन्तर
गन्तव्यकाे कुनै स्थान भेटिँदैन यहाँ तर !!१!!
यात्राका क्रममा जाँदा चेतनाकाे हुने भर
सँगै छन् मित्रता जस्तै सुखदुःख बराबर !!२!!
यसैका बिचमा यात्रा गर्छ मानव जीवन
मेला हाट तथा घाट खेत फाँट नदी वन !!३!!
कहिले रासमा बास भासमा कहिले गयो
हिँडेकोछ हिँडेकाेछ जीवनी अनमाेल याे !!४!!
तपाईलाई केहि भन्नु छ ?