सक्दछ

कविता  (अनुष्टुप् छन्द)

कृष्णशरण उपाध्याय पौडेल

जो हुन्छ जिउँदो मान्छे , आगो मा खेल्न सक्दछ
जिन्दगी का शयौं आँधी , सहजै झेल्न सक्दछ
मान्छे हो चेतना-ज्वाला , ऊ शक्तिहीन होइन
उसले दु:ख का अग्ला , शृङ्खला ठेल्न सक्दछ
माटो भित्र उही मिल्छ , खप्न सक्दैन पीर जो
कर्म मा ज्यान फाल्ने ले , संसारै पेल्न सक्दछ
के सकिन्न यहाँ गर्न , अनन्त साधना भए ?
लहरा ले महान् बोट , लपेटी जेल्न सक्दछ
कहाँ कायर ले दिन्छन् , देश का लागि जीवन ?
देश मा वीर ले मात्रै , अस्तित्व हेल्न सक्दछ
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?