न्याय दिलाउने क्रममा जनमनसँग भिजें

चमेली गुरुङ

उपाध्यक्ष तथा संयोजक, न्यायिक समिति, उत्तरगया गाउँपालिका, रसुवा

हेमनाथ खतिवडा (अन्तर्वार्ताकार) । साझाकथा

न्यायिक समितिले के कस्ता काम गरेको छ ?

सर्वप्रथम त ०७९ काे निर्वाचन पश्चात उत्तरगया गाउँपालिका गाउँसभाबाट न्यायिक समिति गठन भयो । मेलमिलापकर्ता सूचीकृत ग¥यौं । वडामा रहेका मेलमिलाप केन्द्र पुनः गठनजस्ता काम सकेर नियमित काम सुरु गरेका छौं । अघिल्लो वर्षदेखि प्रक्रियामा रहेका विवाद तीनवटा र नयाँ ५ वटा  निरूपण गरेका छौं ।

समितिमा कस्ता विवाद धेरै आउँछन् ?

न्यायिक समितिको अधिकार क्षेत्रमा पर्ने विवादमध्ये धेरै जग्गाको साँधसिमाना मिचेको र लेनदेनका विवादहरू आउँछन् । लामो समय श्रमिक ज्याला नपाएको विवाद धेरै आउने गरेको छ ।

मेलामिलापकर्ता परिचालन कसरी गरिरहनुभएको छ ?

यसअघि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले सहयोग गरेको थियो । प्रतिविवाद मेलमिलाप निरूपण गरेमा २५० रूपैयाँ दिने व्यवस्था थियो । अहिले प्रतिविवाद निरूपणको दुईवटासम्म बैठकका लागि प्रतिबैठक एक हजारका दरले दिने गरी कार्यविधिमा समावेश गरेका छौं ।

इजलास अभावमा कसरी फैसला गर्नु हुन्छ ?

जति पनि काम उपाध्यक्षकै कार्यकक्षमा गरिरहेका छौं । अब हाम्रो गाउँपालिका प्रशासनिक भवन निर्माणका लागि पहल भएकाले छिट्टै बन्ला ।

समितिका समस्या के के छन् ?

म्याद तामेल, बकपत्र गर्न घरघरमा जानु पर्छ । मिसिल तयार गर्नुपर्छ । यसका लागि विज्ञ कर्मचारी कर्मचारी अभाव छ । सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिम आवश्यक छ । हामीकहाँ १७ जनामात्र मेलमिलापकर्ता हुनुहुन्छ । गाउँपालिका भवन निर्माण भएपछि सवै काम गर्न सहज हुन्छ ।

भूगोल र विवादका हिसाबले यो कम भयो । थप मेलमिलापकर्ता तालिम गर्नु पर्छ । काम गरिरहेका साथीलाई पुनर्ताजगी तालिम दिनुपर्छ । छुट्टै इजलास र विज्ञ कानुनी सहजकर्ता आवश्यक छ ।

मेलमिलापकर्ता कसरी तयार हुन्छन् ?

मेलमिलापकर्ताको तालिम प्याकेज नं छ । ४८ घण्टाको तालिम लिएर निश्चित प्रक्रिया पुगेका र सूचीकरण गरेका मेलमिलापकर्ताले मात्र काम गर्न पाउँछन् । संघीय र प्रादेशिक सरकारसँग समन्वय गरेर यस्तो तालिम चलाउन आवश्यक महसुस गरेका छौं । गाउँपालिकामा चाँढै पुनर्ताजगी तालिम राख्दैछौं ।

पाँच वर्षमा धेरै काम भए होला । कस्तो अनुभव गर्नुभयो ?

मैले पाँच वर्षअघि नै उपाध्यक्ष भएर काम गरेको अनुभवमा संघीयताको मर्म नै गाउँमै सिंहदरबार हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छ । न्याय निरूपण गर्ने सवालमा जनताका दैनिक समस्यासँग साक्षात्कार गर्ने अवसर मैले पाएँ ।

जनतामा भिजेर काम गर्ने अन्यायमा परेका वा विवादका पक्षहरूसँग नजिक तलका समस्या नजिक पुगेर जनतामाझ सम्बन्ध बनाउने मौका मिल्यो । मेरो जीवनमा पनि धेरै सिकाइ भयो ।

अहिले विवाद कति आउँछन् ?

वडामा मेलमिलाप केन्द्रमार्फत न्यायिक समितिमा विवाद आउने क्रम बढेको छ । अहिलेको नीतिले वडामा वडासचिव संयोजक रहने मेलमिलाप केन्द्र ५ वटै वडामा छन् । १७ जना मेलमिलापकर्ता छन् । सामान्य प्रकृतिका मुद्दा वडामा मेलमिलाप हुन्छ । उहाँहरूले विवादका पक्षबीच छलफल÷सहजीकरण गरेर न्यायिक समिति ल्याउनु हुन्छ ।

के कस्ता उपलब्धिहरू छन् ?

यस अवधिमा धेरै विवाद निरूपण भएका छन् । धेरै विवाद निरूपण भएर बिग्रेका सम्बन्धहरू सुध्रिएर जोडिएका छन् । पक्ष–पक्षहरू बीच जितको अवस्था कायम भएको छ ।

अन्त्यमा केही भन्नु छ ?

यसअघि मैले पाँच वर्ष न्यायिक समितिको संयोजक भएर जनसमस्या नजिक पुग्न पाएँ । जनतामाझ भिज्ने मौका मिल्यो । न्यायिक समितिको कामले नै विवादका पक्षहरूसँग नजिक सम्बन्धले भयो । त्यसले वास्तविकता नजिक पुग्ने र जीतको अवस्थामा पु¥याउन सकिने रहेछ । जनतामाझको यही सम्बन्धले होला, पुनः पाँच वर्ष मलाई यो अवसर प्राप्त भयो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?