हाम्राे मुस्ताङ

कविता

भीम रसाइली
एयर्पोट छ जहाज आउदैन
अस्पताल छ उपचार हुदैन। ।
मोटर बाटो छ गाडी चल्दैन ।
नदीनालामा पुल बन्दैन । ।
बजेट आउछ विकास हुँदैन
हात नलागे कर्मचारी फाइल छुँदैन ।
कर्मचारी र प्राबिधिकलाई घुस नदिदासम्म
सम्पन्न कामको जांचपास हुदैन ।
स्कुल छ गुणस्तरीय पढाई हुदैन
क्याम्पस छ चल्दैन चौरी चरन । ।
करोडौ पैसा बिना चुनाब जितिन्न
हुकुमबासीको नाममा सरकारी जग्गाछ । ।
सुकुमबासीकोनाममा खुल्ला आकाश छ
नयां ब्यवस्थाले बंशज र एकथरी जाति जन्मायो । ।
पैसाको खोलो बगाई सत्ता समायो
सौरू ,कोवाङ र छयोमा पुल छैन जनता रूवायो । ।
बेनी जोमसोम सडकले संसार हंसायो
मुस्ताङबासीलाई भने सडकले सधै रूवायो । ।
गणतन्त्रले यहां धनी र गरीब जन्मायो
पैसा नबांडी चुनाब नजित्ने महंगो बनायो । ।
नेताको गाउ गाउमा जनता गरीब बनायो
जनताको छोराछोरी कित बिदेश कित खेतमा । ।
जनप्रतिनिधिका छोराछोरी बिलासी भेटमा
योजना अलपत्र बनाउनेलाई कार्वाही गर । ।
पैसा बांडेर चुनाब जित्नेको भरोसा नगर
यहां सरकार सुतेकोछ एकथरीले लुटेको छ । ।
पुरानो संस्कारमा दलित जनता जलेको छ
सामन्ती कुसंस्कार झनझन यहां बढेको छ । ।
कर्मचारीहरूलाई छिन्छिनमा घरजान ठिक्क छ
कार्यालयमा कर्मचारी नभेट्दा सेवाग्राही दिक्क छ । ।
गाउघरमा महलको वरपर गरीबका झुप्राहरू छन्
समधान गर्नुपर्ने समस्याहरू यहां थुप्रा छन् । ।
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?