सम्मानसँगै कविता वाचन 

साझाकथा संवाददाता
काठमाडाैं, मंसिर २६
नेपाली साहित्यिक  तथा साँस्कृतिक समाज क्यानाडाका अध्यक्ष प्रेम देवकोटा नेपाल आउनु भएको समय पारेर ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले अनामनगरस्थित निम्तो रेष्टुरेण्टमा सम्मान तथा  विदाइ कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा प्रतिष्ठानका  अध्यक्ष मणिराज सिंहले क्यानाडाका अध्यक्ष देवकोटालाई  विदेशमा रहेर नेपाली भाषा, साँस्कृतिलाई माया गर्नु भएकोमा सम्मान गर्दै आगामी दिनमा समेत भाषा र साँस्कृतिको उत्थानमा निरन्तर अग्रसर रह्नु हुनेछ भन्ने आशा व्यक्त गर्नु हुँदै सम्मान गर्नु भयो।उक्त अवसरमा कवि राज बाबु  श्रेष्ठ सागर, बिमला अधिकारी देवकोटा, संगीता ठाकुर, रेणु घिमिरे लगायतले कविता वाचन गर्नु भयो।
कविता बारेमा विमर्श समेत गरिएको उक्त कार्यक्रममा सम्मानित प्रतिभा प्रेम देवकोटाले क्यानाडामा दर्ता भएको उक्त संस्थाले नियमित मासिक रूपमा गीत, संगीत, कविता र हास्यब्यङ्ग बिधा लगायतलाई नेपाल, भारत, अमेरिका र क्यानाडाका स्रष्टाहरूमाझ सम्पर्क सूत्रको रूपमा अगाडि बढाइरहेको छ।
यसमा नेपालबाट  यहाँहरूको सहयोग पाइरहेका छौँ र भविष्यमा पनि अझ राम्ररी अगाडि बढ्दै जानेछौ। मणिराज सिंहले सल्लाहकार भएर नेपालबाट संयोजनकारी भूमिका खेल्नु भएको छ। अब यहाँहरू सबैले  सक्रिय सहयोग गर्न अनुरोध गर्दछु भन्नू भयो।
मंसिर २४ डिसेम्बर १० शनिबार सम्पन्न कार्यक्रममा साहित्य वारेमा राम्रो अन्तक्रिया समेत भएको भयो। कार्यक्रममा अध्यक्ष देवकोटा मंसिर २४ गते नै भ्याकुभर जाने हुनु भएकोले बिदाइ समेत गरियो।
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?