पराजुलीको श्वेतपर्वतः हिमाल, हिमाली परिबेश र जनजीवन चिनाउने कृति

कृति समिक्षा

डा.श्रीराम खनाल

नियात्रा कृतितिव्वत यात्रा (वि.सं.२०७२) बाट नेपाली साहित्यमा डेरा जमाएका नियात्राकार विष्णुप्रसाद शर्मा पराजुली नेपालीसाहित्यका एक सशक्त हस्ताक्षर हुन् । पर्वतको विहादीमा जन्मिएका पराजुलीको कर्म थलो चाहिँ काठमाडौं बन्न पुग्यो ।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले प्रेस काउन्सिल नेपालमा उपल्लो तहमा रहेर करिब २१ वर्ष लामो जागिरे जीवन विताए । त्यसपछि पदयात्रा र राष्ट्रिय सञ्चार विकास केन्द्रमार्फत् पत्रकारिता तालिममा संलग्न भई पराजुलीले नेपालको सबै जिल्ला भ्रमण गरी कन्चनजङ्गादेखि हुम्लाको हिल्सासम्मको पदयात्रा पनि पुरा गरेका छन् ।

पुस्तककारका रुपमा तिब्वत यात्रा उनको पहिलो साहित्यिक कृति जसले उनलाई पाठकमाझ निक्कै लोकप्रियपनि बनायो । त्यसो त उनको जर्नी टु टिबेत अंग्रेजी संस्करणमा पनि प्रकाशित छ जुन बुक्स हिमालय काठमाडौंले प्रकाशन गरेको हो । डोल्पा : विश्वको जीवित संग्रहालय ( २०७४) चाहिँ दोस्रो नियात्रा कृति हो । यसले पनि नेपाली पाठकमाझ राम्रो स्थान पाएको छ ।

नियात्रा लेखनमा स्थापित उनको अर्को कृतिश्वेत पर्वत (वि.सं.२०७८) ले पनि उत्तिकै सफलता र चर्चा कमाएको छ । पदयात्रा रुचाउने उनी दुर्लभ हिमाली वणर्न र दृश्यावली समेटेर नियात्रा कृति पाठकलाई पस्कन्छन् र सन्तुष्ट बनाउँछन । जीवन्त वणर्न र भाषिक मिठासका कारण उनका नियात्रा धेरैले रुचाउछन् ।

पाठकलाई पदयात्राको वणर्न गर्दै प्राकृतिक मनोरमको जीवन्त आभास गराउनु नियात्राकार पराजुलीको मुख्य विशेषता हो । उनको श्वेत पर्वत कृतिमा हिमाली क्षेत्र गिरीराज र प्राकृतिकमनोरमको सुन्दर वणर्न मात्र हुदैन साथमा बैदिक दर्शनदेखि मानव सभ्यता, तीर्थस्थल र संस्कृतिको वेजोड चित्रण छ । पाठकहरु कल्पना होइन, यर्थाथ सत्य अनुभूति गर्दछन् ।

पत्रकारिता लेखनीको गहिरो प्रभाव उनमा पाइन्छ । उत्सकुता जगाउने गजबको कला छ उनमा । जीवन शैली, दुलर्भ फोटो सामग्रीको प्रयोगले पाठक लोभिन्छन, उनीहरू हिमालको महत्ववोध गर्दछन् । यसैगरी उनी पाठकलाई हिमाली तीर्थको बैदिक र पौराणिकजानकारी गराउँछन् ।

हिमालका अग्ला चुचुराहरु, हिमताल, खोच,नदी,झरना,घनाजंगल,पशुपंक्षी विविध जातजातिले सुसज्जीत नेपाल संभवत विश्वमै धनि भनि हामीले गर्व गर्नुपर्दछ । नेपालको सुन्दरतामा विश्वका मानिसहरु लोभिए पनि यस देशका नागरिकहरु गरिवीको चपेटामा पर्नु परेको यर्थाथलाई नियात्राकार लुकाउदैनन् ।

चार खण्डमा विभाजित नियात्रा कृति श्वेत पर्वतको पहिलो भागमा धवलागिरीको परिक्रमापदमार्ग बारेको वणर्न छ । यसमा धवलागिरीको उच्च आधाशिविर, धम्पुस चुलीको काखबारेमा जीवन्त चित्रण छ जहाँ नियात्राकारले झण्डै मृत्युसँग जम्काभेट भएको वा मृत्यूसँग साक्षत्कार गरेको उल्लेख गरेका छन् । प्रस्तुत कृतिमा नियात्राका सुखदअनुभूतिमात्रै छैनन् दुखद अनूभूतिलाई पनि उत्तिकै शसक्त ढंगले बाँडेका छन पाठकलाई ।

नियात्राकारले आफ्नो हिमालप्रतिको चाहना,माया,अगाध स्नेह र विहङ््गम सुन्दरताले आफूले मृत्यु जितेको उनको दाबी छ । यस खण्डमा धवलागिरी भूगोल र इतिहासबारे राम्रो चर्चा छ । त्यहाँको घरको बनौट, धर्मसंस्कृति,पहिरन, मगर जातिको जन्मविवाह र मृत्यु संस्कार आदिको बहत् चर्चा छ ।

दोस्रो देवचुली वरपरको परिक्रमा पदमार्गबारे केन्द्रित छ । हिउँचुलीले थामेको छोमरोङको वणर्न,मुल्देवाट देखिने हिमगंगा,भारानीताल, मोहोरे डाँडाँको वणर्न र यात्राक्रममा भोगेका अनुभव यस खण्डमा चित्रित छ ।

तेस्रो खण्डमा मुस्ताङ परिक्रमा पदमार्गबारेमा सविस्तार जानकारी पढ्न पाइन्छ । मुस्ताङलाई नेपालको ल्हासापनि भनिन्छ । मुस्ताङ वणर्न, मानव सभ्यता,इतिहास,बोन,हिन्दु र बौद्ध धर्मका प्राचीन स्थल, हजारौं वर्ष पुराना गुफा र फरक शैलीको जनजीवनको यात्रानुभव यस खण्डमा नियात्राकारले पस्केका छन् ।

यसैगरी यस खण्डमा थाकखोला र त्यहाँको एतिहासिक टुकुचे गाँउ, जोमसोम वजार, धर्म सस्कृतिको संगम कागवेनी, मुक्तिको धाममुक्ति क्षेत्र, चैलेको सुरुङवाट चियाउने कालीगण्डकी, राङवुङ्गको स्वनिर्मित मूर्ति, चराङको सांस्कृतिक गौरव, ल्होमाथााङ जस्तो पर्खालभित्रको शहर, सिजाजोङ्ग गुफा, याराको लुरी गुम्बा,दामोदर हिमाल,प्रकृतिधर्म र संस्कृतिको त्रिवेणी,दामोदर कुण्ड,थाक खोलाका थकाली आदिबारेको वणर्न यस खण्डमा समेटिएका छन् ।

चौथो खण्ड, मनाङ परिक्रमा पदमार्गकाबारेमा छ । मनाङको वणर्न, मस्याङ्दी नदी, पौङ्दी डाँडा अर्थात् ग्यासुम्दोको स्वर्ग जाने डाँडा, वालुवाको ढिस्कोमाथिउभिएको फू गाँउ, लोभलाग्दो हिमाली उपत्यका नार, प्राचीन कवि मिलरेपाको ब्रागा अर्थात् मनाङको पुरानो गाँउमध्येको एक गाँउ,नेस्याङको राजधानी, मनाङ उपत्यका, सुन्दर तिलिचो ताल र अन्त्यमा अन्नपूणर्का गुरुङ जातिको संस्कृति र संस्कार, पेशाआदिको सविस्तार वणर्न यस खण्डमा पढ्न सकिन्छ ।

नियात्राकार पराजुली आफ्नो नियात्रालाई सटिक,जीवन्त,अर्थपूणर्,सूचनामूलक,जानकारीमूलक र आधिकारिक बनाउन स्वदेशी तथा विदेशी लेखकहरुका किताव र सन्दर्भ पुस्तकहरुको दुई पेज लामो फेहरिस्त सूची उल्लेख गरेका छन् । प्रस्तुत कृति निकै गहकिलो छ, ३२७ पृष्ठ लामो यस कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

एक समीक्षकको नजरवाट हेर्दा मलाई पनि नेपालको भूगोल नजानेको महसुस हुन्छ । त्यसो त यसै पुस्तकको भूमिकामाबरिष्ठ भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेलले उल्लेख गरेको पंक्तिलाई उद्धृत गर्नु सान्दर्भिक हुने छ ।

नेपालका शिक्षा मन्त्रालयले स्वदेश पढाउदैन, विदेश पढाउँछ । यस समस्याले गर्दा नेपालका हिमालहरुका बारेमा जति विदेशीलाई थाहा छ, त्यसको एक प्रतिशत जानकारी पनि नेपाली विद्धानलाई हुदैन ।

पराजुलीको नियात्रा पढ्दा आफ्नो हिमालबारे म पि.एच.डी. गरेको डाक्टर र अनुभवी प्राध्यापक भए पनि मेरो पढाईले हिमालबारे मेरो सामान्य ज्ञान पहिलो कक्षा उत्तीणर् पनि हुन नसक्ने शून्य प्राय: भएकाले थकथकी मलाई जस्तै पढ्ने जुनसुकै सह्दयी पाठकलाई हुनुपर्ने हो जस्तो लाग्छ ।

प्रशंसा युक्त सान्दर्भिक र गहकिलो भूमिकाले मात्र होइन श्वेत पर्वत हरेक नेपाली पाठकले पढ्नै पर्ने कृतिको दर्जामा राख्न सकिन्छ । यसवाट नेपाल जान्न सकिन्छ, हिमाल,हिमाली परिवेश र संस्कृतिबुझ्न सकिन्छ ।

अनि नेपाललाई विश्वमा चिनाउन सकिन्छ । यस कृतिले नियात्राकार पराजुलीलाई ह्दयचन्द्रसिंह स्मृति पुरस्कारद्धारा पुरस्कृत हुने सुअवसर प्राप्त गरेको छ । नियात्राकार पराजुलीलाई अझै सफलता मिलोस् । यहि शुभकामना ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?