यस्तो छ समानुपातिकको भागबन्डा

हेमनाथ खतिवडा । साझाकथा

मतपरिणाम हेर्दा धेरै दलले थ्रेस होल्ड नकटाउने स्थिति छ ।आम निर्वाचनको अन्तिम मत परिणाम भने आउनबाँकी छ ।
२०७४ सालको निर्वाचनमा ६ वटा दलले मात्र थ्रेस होल्ड कटाएका थिए । खसेको वा सदर मतको ३ प्रतिशत कटाउनु पर्नेहुन्छ । निश्चित तोकिएको मत ल्याउन नसक्ने दलले राष्ट्रिय मान्यता पाउँदैन ।

थ्रेस होल्ड पार गरेका दलले पाएको समानुपातिकको मतअनुसार निर्वाचित सिट निकलिन्छ । यसपछि समानुपातिक तर्फको विजयी सिट निकाल्न सेन्ट लग विधि प्रयोग गरिन्छ ।

समानुपातिकमा कुल ११० संख्या सिट छ । संघीय संसद् भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभादुवै हो । त्यसैले दुवै सदनको संख्या जोडेर कुल सदस्यको ३३ प्रतिसत महिला क्लष्टरमा पुर्‍याउनुपर्ने हुन्छ । त्यसैगरी अन्य क्लष्टरमा पनि यसरी तोकेकैअनुरूप प्रतिनिधित्व गराउनुपर्छ ।
निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मध्ये ६१ प्रतिशत मत खसेको थियो ।

थ्रेस होल्ड कटाउन सदरमतको आधारमा सदर मतको ३ प्रतिशत दलले कटाउनुपर्छ । यसबाटप्राप्त मतका आधारमा प्रतिनिधि सभामा ११० समानुपातिक सिटको बाँडफाँट हुन्छ ।

थ्रेस होल्डको सीमा कटाउँदा झन्डै ४ सिट पाउने सम्भावना हुन्छ । बाँडफाँट अनुपातले १० लाख मत पाउने दलले झन्डै १३ सिट पाउन सक्छन् । थ्रेसहोल्ड नकटाएकाको समानुपातिक मत जोडिँदैन ।

कांग्रेसले ३ मात्र पुरुष समानुपातिक सांसद पाउने सम्भावना देखिन्छ । किनकि यो दलबाट महिलामा १ जनामात्र प्रत्यक्षबाट जितेकी छन् ।
कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल भन्छन्,‘पार्टीले समानुपातिकतर्फ ३ जना मात्रै पुरुष सांसद पाउने सम्भावना छ । राष्ट्रिय सभामा कांग्रेसको १० सिट छ । जसमा ३ जना महिला छन् ।’

प्रतिनिधि सभामा भने अहिलेसम्म कांग्रेसले ५५ स्थानमा जितेको छ । यसपटक कांग्रेसले प्रत्यक्षतर्फ पाँचजना महिलालाई उम्मेदवार बनाएको थियो । मतगणना अन्तिम चरणमा छ ।

हालसम्म समानुपातिकबाट कांग्रेसले २६ लाख भन्दाबढी मत पाएको छ । निर्वाचन आयोगको विभाजक शुत्रअनुसार यो मतबाट कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाउँछ । यसबाट संघीय संसद (राष्ट्रिय सभा र प्रतिनिधि सभा) मा कांग्रेसका ९७ जना सांसद हुने देखिन्छ ।

दलले प्राप्त गरेको सबै मत परिणामलाई २१९ सम्मले भाग गर्दा फरकफरक भागफल आउँछ । प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलमध्ये जुन दलको भागफल बढी हुन्छ, त्यो निर्वाचित सिट हुन्छ । अहिलेसम्मको समानुपातिक मतपरिणामले एमाले अगाडि छ ।
एमालेले २७ लाख ७३ हजार मत प्राप्त गरेको छ ।

समानुपातिकमा ३० लाख मत पाउनेले झन्डै ३८ सिट कटाउने देखिन्छ । २०७४ को निर्वाचनमा ६८ प्रतिशत मतदाताले मतदान गरे । समानुपातिकतर्फ ९१ प्रतिशत सदर मत थियो । ६ वटा दलले मात्र थ्रेस होल्ड कटाएका थिए ।

पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचन गर्ने भन्ने निर्धारण हुन्छ । तर संविधानमा भएको व्यवस्थाअनुसार दलित १३.८%, आदिवासी जनजाति २८.७%, मधेसी १५.३%, थारु ६.६%, मुस्लिम ४.४% र खस आर्य ३१.२% निर्वाचित भएको हुनुपर्छ ।

सबै क्लस्टरमा ५०% महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ । यसका साथै समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । निर्वाचन आयोगमा दलहरूले बुझाएको बन्द सूचीका आधारमा क्रमशःप्रतिनिधि पठाउनुपर्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?