सरस्वती न्याैपाने
गाेसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा १३ गते देखि १७ गतेसम्म सन्चालित प्रथम सदरमुकाम भलिवल कप प्रतियोगितामा नाैकुण्ड गाउँपालिकाकाे आरूखर्क टिमले पुरस्कार हात पारेकाे छ ।
धुन्चे वजार क्लबले आयाेजना गरेकाे उक्त सदरमुकाम कप ५ दिनसम्म चलेकाे भलिबल प्रतियोगितामा जिल्लाभरका ९ टिमकाे सहभागिता रहेकाे थियाे । ८ टिमलाई पछि पार्दै आरूखर्क टिम विजयी भएकाे हाे ।
यस्तै द्वितीय स्थान हाईल्याण्ड मावि र तृतीय स्थान सुनाैलाे विहानी युवा कल्व रहेका छन । प्रथम हुनेलाई ३० हजार नगद सहित ट्रफि प्रमाणपत्र, द्वितीय हुनेलाई १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र ,तृतीय हुनेलाइ सात हजार नगद सहित ट्रफि प्रमाण रहेकाे छ । यस्ताे किसिमका खेलवाट आजका युवामाझ हाैसला मिल्ने कल्व का अध्यक्ष सुरेश थाेक्राले जानकारी दिनुभयाे ।
तपाईलाई केहि भन्नु छ ?