निमको प्रयोगबाट यसरी गर्नुस् छालाको रोगको उपचार

निमको पातलाई टिपेर ल्याउने र पानीमा पकाउने पाकाएको पानीले नुहाउने गरेमा यो रोग फैलिनबाट रोक्न सकिने देखिन्छ

अहिले छालाका रोगीहरु बढेको देखिन्छ । हेर्दा सामान्य देखिने रोग छोए चिलाउने चिलाएपछि दाग देखिने रोग बढिरहेको छ । यस्ता रोग पहिले पहिले नदेखिएता पनि अहिले व्यापक रूपमा फैलिएको हामीलेदेखि रहेका छौं । यस्ता रोगको प्रकोप हेर्दा यो सरूवा रोग अन्तर्गत पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

सामयसाक्षेप यस्ता रोग नदेखिएका होइनन् तर यसपाली यो रोग हेर्दा हरेक घर-घरमा देखिन थालेको छ । औषधि सेवन गर्दा केही समय ठिक भएपनि औषधि छोड्नासाथ पुन: आक्रमण हुने गरेको विरामीको भनाइ छ । यो जस्ता छालाका रोगको आक्रमण कसैलाई नहोस् भन्ने उद्धेश्यअनुरुप हामीले निमलाई ल्याएका छौं ।

स्वास्थ्यका दृष्टिकोणले निमलाई किटाणुनाशक औषधिको रूपमा विगत लामोसमयदेखि मानव स्वास्थ्यमा प्रयोग हुँदै आएको छ । निमको पातलाई टिपेर ल्याउने र पानीमा पकाउने पाकाएको पानीले नुहाउने गरेमा यो रोग फैलिनबाट रोक्न सकिने देखिन्छ । निमको पातको पानीमा ब्याक्टेरिया र भाइरल दुवै किसिमको किटाणु यसले मार्ने काम गर्दछ ।

हाम्रो भू-भागमा थुप्रै एस्ता जडिबुटी छन् जसको प्रयोगबाट छालाका रोगमा राम्रो फाइदा हुने देखिन्छ । हामीले यस्ता औषधिको साहेताबाट यो जस्ता थुप्रै सरूवा रोग निको बनाउन सक्छौं । आउनुस् आजको लेखमा एलर्जीको औषधि सेवन गर्न कुन-कुन जडिबुटी उपयोग गराउन सकिन्छ भन्ने जानकारी प्राप्त गरौं ।

छालाको रोगमा प्रयोग हुने औषधि र खाने तरिका

१. कैसोर गुगुल (गोर्खा आयुर्वेद) २ गोली दिनमा २ पटक खाने ।

२. स्किन केयर चुर्ण १ चम्चा दिनमा २ पटक खाने ।

३. त्रिफला चुर्ण राति सेवन गर्नाले पनि रगद शुद्ध भइ छालाका रोगबाट बचाउने  ।

४. निमको पातको काँडा पकाएर केहि दिन खानाले र नुहाउने ।

५. Amyron Syrup ( Aimil) आयुर्वेद सिरप १५ देखि २० मिलि समभाग पानीमा मिलाएर सेवन गराउने जस्तोसुकै छालाको समस्या हल गर्दछ ।

डा. रामबहादुर बोहरा

*डा. रामबहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद् नवलपरासीको अध्यक्ष, वरिष्ठ आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

नेपालपत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?